लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

पोखरा ।
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले उक्त अवसरमा केन्द्रिय कार्यालय डिल्लीबजार तथा शाखा कार्यालय न्युरोड पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। साथै उक्त रक्तदानमा १५६ जना रक्तदाताले रक्तदान गरे ।
बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा २० वर्ष भन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका कर्मचारीलार्इ सम्मान समेत गरेको छ।
सञ्चालक समितिका सदस्यहरू र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सयुक्त रूपमा कर्मचारीलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गरे ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले उपस्थित सम्पुर्णमा शुभ कामनासहित स्वागत मन्तव्य राखेका थिए ।
सञ्चालक केशव खतिवाडाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै अध्यक्ष चिन्तामणी भट्टराईले सम्पुर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरूलाई शुभकामना प्रदान गरे ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा स्थापना भएको छ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया