छोरेपाटन माविका अध्यक्षमाथि भ्रष्टाचारको आरोपमा कालोमोसो

पोखरा ।
छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्ष बद्रिनाथ पहारीमाथी दुरव्यवहार गरेका हुन् ।
अखिल क्रान्तिकारीले जारी गरिएको प्रेस विज्ञप्तिमा विद्यालयमा व्यापक अनियमितता, अपारदर्शिता र आर्थिक दुर्व्यवहार भएको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “विगत लामो समयदेखि अध्यक्षको एकल निर्णय, स्रोत साधनको दुरुपयोग, जनप्रतिनिधि र स्थानीय नेताहरूको संरक्षणमा भ्रष्टाचार मौलाउँदै आएको छ।”
विद्यालयको आर्थिक तथा भौतिक विकासका नाममा आएका रकमको सार्वजनिक विवरण नदिइएको, शिक्षण–अशिक्षण सामग्री खरिद प्रक्रिया अपारदर्शी भएको, अनावश्यक निर्माण कार्यमार्फत रकम लुटिएकोजस्ता गम्भीर आरोपहरु लगाइएको छ। यस विषयमा पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको र बाध्य भएर यस्तो प्रतीकात्मक विरोध गरिएको उनीहरुले बताएका छन्।
यसअघि यो समाचारमा असावधानीवश पीडितको तस्बिर समावेश हुन पुगेकोमा क्षमा याचनासहित हटाएका छौं ।*








भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
‘आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता’
पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया