लक्ष्मी आदर्श क्याम्पसमा अनुसन्धानमूलक गोष्ठी

समाधान संवाददाता २०८२ असार २७ गते १६:४८

पोखरा ।
लक्ष्मी आदर्श बहुमुखी क्याम्पस, पोखरा–२७ मा बिएड चौथो वर्षमा अध्ययनरत जनसंख्या शिक्षाका विद्यार्थीहरूले आफ्नो वृत्ति विकास र अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक अनुसन्धानमूलक गोष्ठी आयोजना गरेका छन् ।

गोष्ठीमा विद्यार्थीहरूले कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेसका विभिन्न शीर्षकमा आधारित रहेर तयार पारेका गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख हेमराज आचार्य रहेका थिए । प्राध्यापकद्वय गुमानाथ लामिछाने र विकास खनालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Advertisement


कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख आचार्यले यस्ता गोष्ठीले विद्यार्थीहरूको बौद्धिक क्षमता बढाउनुका साथै अनुसन्धानपत्र तयार पार्ने र प्रस्तुत गर्ने सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी, प्राध्यापक विकास खनालले प्रस्तुत गरिएका गोष्ठीपत्रहरूको उद्देश्यमाथि प्रकाश पारे ।


गोष्ठीमा प्रस्तुत पत्रहरूमाथि लक्ष्मी तामाङ र सविन चापागाईंले टिप्पणी गरेका थिए भने इन्द्रकुमारी गुरुङ, आकृति पौडेल र लक्ष्मी तामाङले बुँदा टिपोटको जिम्मेवारी सम्हालेका थिए । कार्यक्रममा कविता पौडेलले धन्यवाद ज्ञापन गरिन् ।

Advertisement


गोष्ठीलाई सफल पार्न समूह नेताका रूपमा सुदिप अधिकारी, सबिना सुवेदी, सरस्वती रेग्मी, सपना तामाङ, रामकुमारी गुरुङ, स्वस्तिका अधिकारी, कविता पौडेल र पूर्णिमा तामाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


उक्त गोष्ठीमा ४० जना विद्यार्थी तथा क्याम्पसमा कार्यरत शिक्षकहरूको सहभागिता थियो । कार्यक्रममा प्राविधिक सहयोग क्याम्पसका कर्मचारी विजय भुजेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया