महानगर बाल मञ्चमा प्रशुन्न

समाधान संवाददाता २०८२ असार २८ गते १४:३३

पोखरा ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगर बाल भेला तथा मेयरसँग बालबालिका कार्यक्रम भएको छ ।


भेलाले २०८२–२०८४को लागि पोखरा महानगर बाल मञ्च पोखराको नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको अध्यक्ष प्रशुन्न अधिकारी, उपाध्यक्ष आयुष्मा अधिकारी, सचिव दिक्षान्त रानाभाट, सहसचिव अञ्जली अधिकारी र कोषाध्यक्ष सक्षम विक छन् ।


मञ्चको सदस्यमा समिक्षा सुवेदी, रिदिमा थापा, किसान क्षत्री, कृपन बास्तोला निर्वाचित भएका छन् । ‘समृद्ध पोखराको आधार, घरघरमा बालमैत्री व्यवहार’ भन्ने नाराका साथ भएको कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले बालमैत्री नीति तथा कार्यक्रम बनाउन ध्यान दिने बताए । कार्यक्रममा महानगरका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्मा, स्वास्थ्य महाशाखाका निर्देशक भरत पौडेल लगायतले बोलेका थिए ।

Advertisement


यसैबीच पोखरा महानगरपालिका वडा नम्बर १ को वडास्तरीय बाल भेला भएको छ । भेलाले वडा बाल मञ्चलाई पुनर्गठन गरेको छ । वडा बाल मञ्चको अध्यक्ष सोहन गुरुङ, उपाध्यक्ष प्रनव पौडेल, सचिव प्रेशिका चापागाईं, सहसचिव दिप्सन आचार्य छन् । बाल मञ्चको सदस्यमा रोजी परियार, ओजस्वी अधिकारी, विशेष भुगार्इं, प्रनिल अधिकारी र उत्सव अधिकारी छन् ।


वडा नम्बर १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरेको बाल भेला वडा बाल मञ्चका जिज्ञाशा पौडेलको अध्यक्षतामा भएको हो । बाल भेलामा बाल हितकारी परियोजनाका संयोजक केशव पौडेल र सहजकर्ता गिता हिताङले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया