आदिकविको स्मतिमा कविता

पोखरा ।
रेडियो अन्नपूर्णले आफ्नो २५ औं वर्ष प्रवेश र आदिकवि भानुभक्त आचार्यको २ सय ११ औं जन्म जयन्तीको अवसरमा ‘सम्झनामा आदिकवि’ शीर्षकमा विशेष कविता वाचन आयोजना गरेको छ । शनिबार आयोजित कार्यक्रममा पोखरा तथा आसपासका साहित्यकार, कवि, विद्यार्थी र स्रष्टाको सहभागिता थियो ।
कार्यक्रममा भानुभक्त आचार्यको योगदान र नेपाली साहित्यमा उनको ऐतिहासिक भूमिकाको स्मरण गर्दै विविध कविता वाचन गरिएको छ । आदिकविप्रतिको श्रद्धाञ्जली स्वरूप प्रस्तुत कवितामा राष्ट्र, भाषा, संस्कार, प्रकृति र समाजको चित्रण पाइन्थ्यो । कार्यक्रममा वक्ताले आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै उनको रामायण अनुवादले नेपाली भाषामा गद्य साहित्यको नयाँ युग सुरु गराएको बताए ।
उनकै योगदानले गर्दा नेपाली साहित्य आम जनतामाझ पुग्न थालेको भन्दै वक्ताहरुले आधुनिक नेपाली साहित्यको जग भानुभक्तले कोरेको उल्लेख गरे । कार्यक्रममा भानुभक्तको शैलीलाई आत्मसात गर्दै आधुनिक विषयवस्तुमा कविता वाचन गरे भने केहीले आदिकविको जीवन, चेतना र योगदानलाई समेटेका सिर्जना प्रस्तुत गरिएको थिए ।
रेडियो अन्नपूर्णले कृतिहरुलाई रेडियो प्रसारणका माध्यमबाट निरन्तर प्रवद्र्धन गर्दै लैजाने अध्यक्ष विश्वशंकर पालिखेले बताए । अन्नपूर्णले स्थानीय कला, भाषा र साहित्यको प्रवद्र्धनमा जोड दिँदै आएको उनको भनाइ छ ।









व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया