बेगनासको पर्यटकीय सम्भावना खोजी

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेगनासा ताललाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका ३१ अन्तर्गत बेगनासताल परिसरमा निर्मित वराह क्षेत्र, वराहथान, पञ्चायन देवता, लक्ष्मी नारायण मन्दिरको प्राण प्रतिष्ठान एवं उद्घाटन गर्दै उनले बेगनास ताललाई सौन्दर्य कुञ्जका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए ।
स्थानीयको चाहनाअनुसार धार्मिक र पर्यटकीय दृष्टिकोणले यस क्षेत्रको विकास गर्न सकिने बताउँदै उनले यसबाट आर्थिक आयआर्जन र पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्ने जनाए । तालको संरक्षण, अतिक्रमणको रोकथाम तथा गुरुयोजनाअनुसार विकास गर्न उनले स्थानीयलाई आग्रह गरे ।
पोखरालाई ‘पर्यटकीय हब’ बनाउने अभियानमा बेगनास तालको विशेष भूमिका रहेको उल्लेख गर्दै उनले ताल क्षेत्रका व्यवसायहरू आधुनिकीकरणतर्फ उन्मुख हुनुुपर्ने धारणा राखे । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले बेगनास ताल क्षेत्रलाई ‘ज्ञानको भूमि’का रूपमा विकास गर्न सकिने बताए ।
धार्मिक ग्रन्थअनुसार ऋषिमुनि च्यवनले यहीँ योग तथा साधना गरेको उल्लेख गर्दै उनले यहाँको धार्मिक र पर्यटकीय प्रवर्धनको सम्भावना औंल्याए । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वराह क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व उल्लेख गर्दै यस क्षेत्रको विकासले समग्र गण्डकी प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका सभापति तथा वडा नं ३१ का अध्यक्ष ढकनाथ कँडेलले आजदेखि सर्वसाधारणका लागि वराह क्षेत्र खुला गरिएको जानकारी दिए । वराह क्षेत्रलाई संस्कृति, प्रकृति र प्रविधिसँग जोडेर पर्यटनको प्रमुख गन्तव्य बनाउन उनले आग्रह गरे ।
तत्कालीन लेखनाथ नगरपालिकाले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन अनुसार काम अगाडि बढाइएको उनले जानकारी दिए । कार्यक्रममा वडा नं २६ का अध्यक्ष नरेन्द्र थापा, नेपाल सरकारका उपसचिव वसन्तराज तिवारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, धार्मिक व्यक्तित्व ध्रुवनाथ अधिकारी, निर्माण समितिका निवर्तमान अध्यक्ष सुरेन्द्रराज सापकोटा र सचिव श्रीराम कँडेल लगायतले बेगनास तालको पर्यटकीय महत्वलाई उजागर गर्न नवनिर्मित वराह मन्दिरसहितका पूर्वाधार महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया