मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु
समाधान संवाददाता
२०८२ असार ३० गते १५:१६

दमौली ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा आज दिउँसो स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकि राखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५/३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते भएका छन् ।
दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया