सहारा क्लब र एजी एक्सप्रेस कुरियरबीच सम्झौता

पोखरा ।
सहारा क्लब पोखरा र काठमाडौंस्थित एजी एक्सप्रेस कार्गाे तथा कुरियरबीच सामाजिक उत्तरदायित्व सहकार्य सम्बन्धी सम्झौता भएको छ । क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेसका तर्फबाट तुलसी उप्रेतीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
क्लबले सञ्चालन गरेको ’सूर्य बहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’मा रहेका बालबालिकाको शैक्षिक र खेलकुद विकासमा सहयोग पुर्याउने उद्देश्य रहेको उप्रतीले जानकारी दिए । सम्झौताको म्याद १ वर्ष सम्म रहनेछ भने आवश्यकता अनुसार आपसी सहमतिमा अवधि थप गर्न सकिने उनले बताए ।
सम्झौता अनुसार एजी एक्सप्रेले वार्षिक रूपमा सहयोगस्वरूप ग्लोबल सेलको प्रत्यक किलो सामानमा ५ रुपैयाँका दरले रकम प्रदान गर्नेछ । एजी एक्सप्रेको सेवा प्रयोग गर्दा सहारा क्लब र यसका अन्तर्राष्ट्रिय शाखाका सदस्यहरुले १० प्रतिशत छुट पाउनेछन् ।
अध्यक्ष बरालले एकेडेमीमा रहेका बालबालिकाको सहयोगका निम्ति निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए । सम्झौताले बालबालिकाको शिक्षा र खेदकुद दुबै क्षेत्रमा टेवा पुग्ने उनको भनाइ छ । ‘एजी एक्सप्रेससँगको सहकार्यले आत्मबल बढाएको छ । यस्ता सहयोगहरु थप प्राप्त गर्न सकेमा एकेडेमी अझै प्रभावकारी बन्न सक्छ । सहकार्यका लागि एजी एक्सप्रेसलाई धन्यवाद,’ बरालले भने ।
सम्झौतामा सहारा क्लबका सिनियर उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ र एजी एक्सप्रेसका पोखरा प्रतिनिधि रजत आचार्यले साक्षीका रूपमा हस्ताक्षर गरेका थिए ।









कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया