जनप्रिय ‘दर्पण’ र ‘जनप्राज्ञ मञ्च’को विमोचन

पोखरा ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका सिर्जनात्मक लेख, रचना तथा अन्य विविध सामग्री समेटिएको पहिलो प्रकाशन जनप्रिय दर्पण र पब्लिक क्याम्पस प्राध्यापक जनप्रिय क्याम्पस एकाइको सत्रौँ अनुसन्धानमूलक प्रकाशन जनप्राज्ञ मञ्च नामक दुई महत्वपूर्ण कृति विमोचन गरिएको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले जनप्रिय दर्पण क्याम्पसमा अध्ययनरत विद्यार्थीका सिर्जनात्मक लेख, रचना तथा क्याम्पससम्बन्धी महत्वपूर्ण सामग्री समेटेर प्रकाशित गरिएको उल्लेखनीय उपलब्धि भएको बताए । उनले यस प्रकाशनले विद्यार्थीहरूको लेखन सीप अभिवृद्धिमा कोसेढुंगाको काम गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, जनप्राज्ञ मञ्च प्राध्यापकहरूको अनुसन्धानमूलक लेख समावेश भएकाले यसले उनीहरूको ज्ञान, योग्यता र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उनले दुवै प्रकाशनको निरन्तरता र सफलताको कामना पनि गरे ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय दर्पण र जनप्राज्ञ मञ्च क्याम्पसको इतिहासमा महत्वपूर्ण कृतिका रूपमा प्रकाशित भएको बताए । उनले जनप्रिय दर्पणले समग्र क्याम्पसको जानकारी र विद्यार्थीका रचना समेटेर उनीहरूको लेखन क्षमता विकासमा सहयोग पुग्ने बताए भने जनप्राज्ञ मञ्चले प्राध्यापकहरूको क्षमता अभिवृद्धिमा टेवा पु¥याउने धारणा राखे ।
कार्यक्रम दर्पण प्रकाशन समितिका संयोजक तथा विद्यार्थी शाखा प्रमुख वेदहरि तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य विष्णुप्रसाद बराल, पूर्व कार्यबाहक अध्यक्ष परशुराम बराल, प्राध्यापक संघ अध्यक्ष विकास थापामगर, कोषाध्यक्ष गणेशबहादुर अधिकारी, सदस्यहरु रामप्रसाद बस्ताकोटी, देवीप्रसाद बस्ताकोटी, शोभा मोहन पौडेल, पुष्पराज सिग्देल, क्याम्पस प्रमुख नवीनराज खनाल, कर्मचारी संघ अध्यक्ष देवी पनेरु, कार्यक्रम संयोजक, विभागीय प्रमुखहरू, प्राध्यापकहरू, उपप्रशासक निमराज पौडेल, एकनारायण अर्याल लगायत विद्यार्थीहरूको उपस्थिति थियो ।
उनीहरुले दुवै प्रकाशनको सफलताका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा धन्यवाद ज्ञापन उपप्राध्यापक दीननाथ लामिछानेले गरे भने सञ्चालन दर्पण प्रकाशन समितिका सदस्य उपप्राध्यापक टंकराज बरालले गरे ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया