केदारेश्वरमा बोलबम

पोखरा ।
केदारेश्वर महादेव मणि सेवा आश्रम समिति पोखरा ६ बैदामले सकभर पैदल यात्रा गर्न बोलबमका भक्तजनसमक्ष आग्रह गरेको छ । वातावरणको दृष्टिले प्लास्टिकका झोला तथा बोत्तलमा जल ल्याएर चढाउनसमेत रोक्न समितिको आग्रह छ ।
केदारेश्वर महादेव मणि मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले हरेक वर्ष साउन महिनाको सोमबार मनाइने बोलबममा विगततमा भन्दा पदमार्गीको संख्या न्यून भएको बताए । बोलबममा भक्तजनले पोखरा १ बगर स्थित गाईघाटबाट सोमबार बिहान सेतीको जल उठाई पैदल यात्रा गरी केदारेश्वरको शिव लिंगमा चढाउने प्रचलन छ ।
बोलबममा भक्तजनले गाइघाटको १ सय ८ धारा स्नान गरी ८ किलोमिटर पैदलयात्रा र १ सय ८ शिवलिंगमा जलार्पण गर्छन् । पीठाधीश आचार्यले मनोकांक्षा पूरा गर्न भक्तजनले बोलबम जलयात्रा, बाजा गाजा र झाँकी तथा शिवलिङमा जलार्पण, पूजा आजा तथा भजन कीर्तनमा सहभागी हुने जनाए ।
‘गाइघाटको पवित्र सेती नदीमा स्नान गरी पैदल हिड्दै शिवालयको शिवलिंगमा जलापर्ण गर्नुको छुट्टै महत्व छ,’ उनले भने, ‘समय व्यवस्थापन र स्वास्थ्यको कारणले समेत सवारी साधन गर्ने भक्तजन बढेका छन् ।’
उनले पदमार्गी घटेपनि केदारेश्वरमा आउने र महाआरती गर्न आउनेको संख्या बढेको जानकारी दिए । बोलबमका संयोजक शंकर खरालले बोलकम त्याग, समर्पण र साधनाको यात्रा भएको बताए । उनले मनोकाक्षा पूरा गर्न बोलबमका भक्तजन जल लिएर पैदलयात्रा गर्नुपर्ने सुझाव दिए । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूल मन्त्रका साथ हुने कार्यक्रम साउनका ४ सोमबार सञ्चालन गरिने संयोजक खरालले उल्लेख गरे ।
‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूल मन्त्रका साथ साउनको ५, १२, १९ र २६ गते बोलबमका कार्यक्रम हुने छन् ।साउनमा भगवान् शिवको आराधना गर्र्दै ज्योर्तिलिंगमा गंगाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । बोलबमको महत्व र केदारेश्वरको छुट्टै महिमा भएको उनले उल्लेख गरे । बोलबम१४ वर्षदेखि नियमित रुपमा सञ्चालित छ ।
केदारेश्वर वैदिक गुरुकुल आश्रममा ९० बालकको शिक्षा दीक्षा, आवासको व्यवस्था गरिएको छ । आश्रममा गौशालासमेत छ । कार्यक्रममा सेवाश्रमका वरिष्ठ उपाध्यक्ष मिना भट्टराई, सचिव ओमनाथ भट्टराई, पुष्करेश्वर महादेव मन्दिरका अध्यक्ष पिताम्बर बराल लगायतले बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया