पोखराको आर्वामा बृहत् वृक्षारोपण, १५ सय बिरुवा रोपियो

पोखरा ।
रोटरी क्लब अफ नक्साल शक्ति र रोट्र्याक्ट क्लब अफ नक्साल शक्तीको अगुवाइमा पोखरा महानगरपालिका-१३, आर्वामा बृहत् वृक्षारोपण गरिएको छ ।
सुनडाँडा टोलविकास संस्थासँगको सहकार्य तथा स्थानीयको सहभागितामा भएको कार्यक्रममा फलफूलसहित १५ प्रजातिका करिब १५ सय बिरुवा रोपिएको हो । आर्वाको काहुँखोलादेखि महाप्रभुधामसम्मको करिब ५ किलोमिटर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।
‘भविष्य बढाऔँ : २०२५ लाई हरियो वर्ष बनाऔँ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ नक्साल शक्तिकी अध्यक्ष अप्सरा कोइराला, संस्थापक अध्यक्ष डा. लुना शर्मा, गण्डकी प्रदेशकी पूर्व उपसभामुख सिर्जना शर्मा, रोटरी डिस्ट्रिक्ट ३२९२ का क्षेत्रीय संयोजक जितेन्द्र सिग्देल, रोट्र्याक्ट क्लबका संस्थापक अध्यक्ष विप्लव ज्ञवाली, सुनडाँडा टोलविकास संस्थाका अध्यक्ष शम्भुबहादुर बराल, वडा सदस्य सूचित तामाङ लगायत रोटरी तथा रोट्र्याक्ट क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन रोटरी क्लबका सचिव इन्जिनियर ध्रुव पौडेलले गरेका थिए ।








पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया