तारेभीर र बुद्धपार्कमा हाइकिङ

समाधान संवाददाता २०८२ असार ३२ गते ११:१७

पोखरा ।
हाइकिङमार्फत पोखरा आसपासका पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाइकर्स क्लब नेपालले असारको अन्तिम शनिबार ६० औं श्रृंखला पोखरा २२ मा रहेको तारेभीर र बुद्धपार्क पुगेर सम्पन्न गरेको छ ।


स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ ६ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ हुँदै आएको छ । यसको भाग ६० मा पोखरा महानगरपालिका वडा नं. २२ को कालाबाङ घरेडीबाट पैदल यात्रा सुरु गरी भुम्दी, तारेभीर, चिसापानी पुगेर पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर हाइकिङ कार्याक्रमको समापन गरिएको क्लब अध्यक्ष कृष्ण रानाभाटले बताए ।


शनिबार बिहान ७ बजे पोखरा–९, न्युरोडमा भेला भएर सिटी बसमा कालाबाङ घरेडीसम्म २५ जना सहभागी भएका थिए । गृहणी, व्यवसायी, संघ, संस्थाका अध्यक्ष, पत्रकारहरुको समूहलाई तारेभीरका होटल व्यवसायी असिम खाजा घर एन्ड किराना पसलका सञ्चालन राजु रानाले स्वागत गर्नुका साथै खानपानको व्यवस्थापन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया