किसानलाई प्रेरणा थप्दै सहकारी

समाधान संवाददाता २०७६ मंसिर २४ गते १३:५५

समाधान संवाददाता
पोखरा

रोजगारी अभिवृद्धि गर्ने लक्ष्यका साथ सञ्चालित यहाँको १ कृषि सहकारीले उत्पादनमा लाग्ने किसानलाई उत्प्रेरित गरेको छ । पोखरा २१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले १४ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाबाट ऋण लिएर उत्पादन बढाउने २ किसानलाई सम्मान गरेको हो ।

संस्थाबाट ३० हजार ऋण लिएर व्यवसायिक मौरीपालन विस्तार गर्ने खेमराज भण्डारी एवं लघु उद्यमी महिला सम्झना भण्डारी र गोमा अधिकारीलाई नगदसहित दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

Advertisement

सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा कृषितर्पm ७५ लाख, फलफूलतर्फ २५ लाख, पशुपालनतर्पm १ करोड, पंक्षीपालनमा १ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । महुरीपालनतर्फ ५ लाख, लघुउद्यमतर्फ ५ लाख, शैक्षिकतर्फ ३० लाख , बैंक स्रोत तरकारी एवं पशुपालन कर्जातर्फ ७५ लाख कर्जा लगानी गरिएको संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

सहकारीले यही आर्थिक वर्षमा कृषि तथा पशुपालनमा १ सय ३, आयआर्जन १ सय २, वैदेशिक रोजगार प्रवद्र्धन २६, युवा स्वरोजगार ३६ र अन्य १ सय ४३ जना गरी ४ सय १० जना सेयर सदस्यलाई ८ करोडभन्दा बढी रकम लगानी गरेको छ । सहकारीले पशु सेवा केन्द्र पोखरा २१ को सिफारिसमा प्राप्त पशु नश्ल सुधार अनुदान कार्यक्रम अन्तर्गत ५० हजार लागतमा उन्नत जातको ब्याडे रागो खरिद गरेको छ ।

Advertisement

कार्यक्रममा उत्कृष्ट कृषकलाई सम्मान गर्दै पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समिति संयोजक तेजनारायण अधिकारीले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । सहकारी व्यवस्था ऐन निर्माणसँगै महानगरमा दर्ता भएका विभिन्न प्रकृतिका ३ हजार ४ सय ५० सहकारीको व्यवस्थापन गरिने तयारी भइरहेको उल्लेख गरे । उनले निकट भविष्यमा प्रत्यक सहकारीको अनुगमन गरी कार्य क्षमता र लगानीको प्रकृतिका आधारमा मूल्यांकन गरिने जानकारी दिए ।

पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यले पर्यटकीय क्षेत्र निर्मलपोखरी र कृष्तिनाच्ने चौरमा कृषि सहकारीको माध्यमबाट कृषि उत्पादनमा वृद्धि गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको बताए । पर्यटकीय नगरी पोखरासँगै विभिन्न ताल तलैयासहित आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमालको रुपले परिचित माछापुच्छ्रे, धवलागिरी लगायत लमजुङ हिम शृृखलाको मनोरम दृष्यावलोकन गर्न सकिने बताए । सिद्धार्थ राजमार्ग खण्डको कुभिण्डे भन्ज्याङदेखि कृष्तिनाच्नेचौर, निर्मणपोखरी हुँदै भरतपोखरीको पुर्णीलाई जोड्ने गरी ३० किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत कालोपत्रे भइरहेको वडाअध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा साना किसान विकास बैक पोखराका प्रवन्धक राजकुमार यादव, सहलगानी खानेपानीका दाताराम आचार्य, लीलाप्रसाद पराजुली, नारायणदत्त अधिकारी, देवीमाया अधिकारी, गुरुप्रसाद पोखरेल, धर्मराज अधिकारी, योगेन्द्र सुवेदी, इन्दिरा पोखरेल, डिल्लुराज पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया