पुल बनेपछि पटनेरी–सीतापाइला जोडिए

पोखरा ।
पोखरा १७ को सीतापाइला र पोखरा १५ को पटनेरीलाई जोड्ने गरी सेती नदीमा पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागितासहित २२ लाख १४ हजार ६ सय ४५ रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो ।
१८ मिटर लामो र डेढ मिटर चौडा ट्रस्ट ब्रिज निर्माणसँगै पटनेरीका करिब तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत सजिलो भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले पुल सानो भए पनि सुविधाको हिसावले महत्वपूर्ण भएको बताए ।
पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी र पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाले सीमित स्रोत साधनको भरपुर उपयोग गर्दै वडाको विकास निर्माणमा जुट्ेको बताए ।
पुल निर्माण उपभोक्ता समिति अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समिति उपाध्यक्ष नारायण भण्डारी, सचिव विक्रमबाबु भण्डारी लगायतले बोलेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया