पोखरा राजस्व कार्यालयको आम्दानी ५१ करोडले बढ्यो, करदाता सहायता कक्ष सञ्चालनमा

पोखरा ।
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५१ करोड रुपैयाँले बढी हो ।
कार्यालयले आव २०७९/८० मा ५ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ राजस्व उठाएको थियो । गत आवका लागि ७ अर्ब १९ करोड १७ लाखको वार्षिक लक्ष्य तोकिएकोमा कार्यालयले लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको हो । संकलित राजस्वमा आयकरतर्फ ४ अर्ब, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८९ करोड ५९ लाख र अन्तःशुल्कतर्फ १८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
प्रमुख कर अधिकृत शिव शर्माले सहकारी क्षेत्रको समस्या र आर्थिक गतिविधिमा आएको सुस्तताका कारण लक्ष्य पूरा नभए पनि गत वर्षको तुलनामा संकलन उत्साहजनक रहेको बताए । कार्यालयका अनुसार पोखरामा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६८ हजार, मूल्य अभिवृद्धि कर (मू.अ.कर) मा दर्ता हुने १२ हजार ५०० र व्यक्तिगत प्यान लिनेको संख्या २ लाख १० हजार पुगेको कार्यालय प्रमुख शिव शर्माले बताए ।
कार्यालय परिसरमा करदाता सहायता कक्ष

यसैबीच, करदातालाई सहजीकरण गर्ने उद्देश्यले नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनदेखि कार्यालय परिसरमा ‘करदाता सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । बिहीबार आयोजित एक कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त सहायता कक्षको उद्घाटन गरिन् ।
आन्तरिक राजस्व कार्यालय, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र जर्मन सहयोग नियोग (जीआईजेड) को संयुक्त सहकार्यमा कक्ष स्थापना भएको हो । यो कक्षले करदातालाई कार्यालयको सेवा लिन थप सहज हुने विश्वास लिइएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया