चिकित्सा शिक्षा आयोगद्वारा पिसिएल नर्सिङको सिट निर्धारण, मेडिकल कलेजलाई पनि बाटो खोल्ने तयारी

काठमाडौं।
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सञ्चालित प्रमाणपत्र तह (पिसिएल) नर्सिङलगायतका कार्यक्रमहरूको सिट निर्धारण गरेको छ। आयोगको बुधबार बसेको २०औँ बैठकले यो निर्णय गरेको हो।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनका आधारमा सिट निर्धारण गरेको हो। निर्णयअनुसार परिषद्अन्तर्गतका आङ्गिक, साझेदारी तथा निजी गरी कुल २८५ शिक्षण संस्थाले सिट पाएका छन्। बैठकमा मेडिकल कलेजहरूलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने गरी कानुनी सहजीकरण गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहको शुल्क निर्धारण गर्न गठित कार्यदलको प्रतिवेदन पेश गरिएको थियो। प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झालाई हस्तान्तरण गरे। बैठकले आयोगको आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेटसमेत स्वीकृत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०७५ लाई समयसापेक्ष बनाउन संशोधनको गृहकार्य गर्न निर्देशन दिए। उनले आयोगलाई आफ्नो वास्तविक कार्यक्षेत्रमा केन्द्रित भई प्रभावकारी काम गर्न पनि सुझाए। प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा नियन्त्रणभन्दा गुणस्तर कायम गर्दै विस्तार र सहजीकरणमा जोड दिनुपर्ने बताए।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया