गैरआवासीय नेपाली संघ बेलायतमा अब युवाको नेतृत्व अपरिहार्य : अध्यक्षमा मनिष खत्रीको उम्मेदवारी

समाधान संवाददाता २०८२ साउन ४ गते ६:१५

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतमा सामाजिक अभियन्ता मनिष खत्रीले संघको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनका अनुसार, अहिलेको अवस्थामा गुट होइन, ट्र्याक रेकर्ड चाहिन्छ। अनुभव मात्र होइन, परिणाम ल्याउने नेतृत्व अहिलेको आवश्यकता हो।

Advertisement

“गैरआवासीय नेपाली संघ बेलायतलाई जोगाउन, जोड्न र पुनःनिर्माण गर्न सक्षम र स्पष्ट दृष्टिकोण भएको नेतृत्व चाहिन्छ। नेतृत्व जसको दिगो नीति, पारदर्शी शैली र समुदायसँगको प्रत्यक्ष सम्बन्ध होस्,” मनिष खत्रीले बताएका छन्।

उनी कुनै नौसिखिया उम्मेदवार होइनन्। १८ हजार विद्यार्थीको प्रतिनिधित्व गर्दै एडिनबरा नेपियर विश्वविद्यालयको विद्यार्थी अध्यक्ष बनेका उनी, ‘अध्ययनपछिको कार्य-अनुमति’ अभियानका अगुवा हुन् — जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ६ महिनाको प्रवेशाज्ञालाई २ वर्षमा विस्तार गराएर ठोस नतिजा ल्यायो। त्यसैगरी, बेलायतको राष्ट्रिय विद्यार्थी संघमा ५ लाख विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने अवसर पाएका खत्रीको अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक छ।

Advertisement

गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता संयोजक रहँदा उनले १ हजार सदस्यबाट ३ हजार ५ सय भन्दा बढी सदस्य पुर्‍याउन सफल भएका थिए। यो संख्या वृद्धिमा उनले रणनीतिक टोली निर्माण, समन्वय र पारदर्शी प्रविधिको प्रयोग मार्फत उल्लेखनीय सफलता देखाएका थिए। उनी भन्छन्, “हामी गन्ती होइन, सहभागिता निर्माण गर्छौं।”

उनको सामाजिक सक्रियता पनि प्रशंसनीय छ। नेपालमा २०७२ को विनाशकारी भूकम्पपछि, उनले नेपाली समुदायसँग मिलेर ५९ हजार पाउन्ड संकलन गरे र नेपालमै पुगी घर तथा विद्यालय निर्माणमा सक्रिय बने। त्यसैगरी, देश निकाला विरुद्ध १ लाखभन्दा बढी हस्ताक्षर संकलन गरियो र ६ हजार पाउन्ड भन्दा बढी आर्थिक सहयोग जुटाइयो।

Advertisement

उनले बेलायतमा नेपाली भाषा कक्षा सुरु गरेका छन्। नेपालमा पुगेर पाठ्यक्रम विकास केन्द्रसँग सहकार्य गरी इथ्निसिटी नेपालीको औपचारिक मान्यता र विद्यालयमा नेपाली पढाउने दीर्घकालीन योजना अघि सारेका छन्।

तपाईको प्रतिक्रिया