पर्वतमा पहिरोले घर पुर्दा वृद्ध दम्पती बेपत्ता, उद्धारमा कठिनाइ

पोखरा – अविरल वर्षापछि आएको पहिरोले पर्वतमा एक घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन्। उद्धारका लागि खटिएको प्रहरी टोलीले खराब मौसमका कारण काम थाल्न सकेको छैन ।
पर्वतको मोदी गाउँपालिका–३, लाङदीमा आइतबार बिहान करिब ४ बजे ७६ वर्षीय छविलाल बिकको घरलाई करिब १५ मिटर माथिबाट खसेको पहिरोले पुरेको हो। वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार, पहिरोमा परी छविलाल र उनकी श्रीमती विष्णुमती बेपत्ता भएका छन्। घरमा रहेकी उनीहरुकी ३२ वर्षीया बुहारी पवित्रा बिक भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।
पर्वतका प्रहरी प्रमुख डिएसपी रविन विष्टले घटनाबारे जानकारी आएलगत्तै डिमुवा प्रहरी चौकीबाट टोली खटाइएको बताए ।
वडाध्यक्ष क्षेत्रीका अनुसार, गत वर्षको पहिरोले पनि उक्त घरको भित्ता भत्काएको थियो र गाउँपालिकाले सो घरलाई उच्च जोखिममा राख्दै परिवारलाई सतर्क रहन चेतावनी दिएको थियो।
पोखरामा पनि वर्षाको वितण्डा
यसैबीच, कास्कीको पोखरा–१३, ढल्केपुरमा पनि भारी वर्षाले क्षति पुर्याएको छ। काँहुखोला नहरको पानी पसेर दीपा लामाको एकतले घर बगाएको कास्की प्रहरीले जनाएको छ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया