मुग्लिन-नारायणघाट सडकखण्ड शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने

समाधान संवाददाता, पाेखरा
मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दुई हप्तासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ।
सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेको हुँदा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागेको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।
नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ।
त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ।
मालवाहक सवारीसाधनको हकमा भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिनेछ। उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ।
आयोजनाले पहिरो रोकथामको काम गर्नका लागि सुरक्षाको दृष्टिकोणले सवारीसाधन रोक्नुपर्ने बताएको छ।








हाटबजार र कृषि प्रणाली
सम्पादकीय—आप्रवासनमा नारा र व्यवहारबिच खाडल
पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया