लामाचौर तीज महोत्सवको तयारी सुरु

पोखरा ।
पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ ।
नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।
नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई थप साँस्कृतिक पर्व बनाउन समाजले आफ्नो बार्षिकोत्सवका अवसरमा महोत्सवमा संचालन गर्दै आएको छ। समाजले महोत्सवका लागि विभिन्न २२ वटा उपसमिति गठन गरि तयारी सुरु गरेको जनाएको छ।
गठित उपसमितिमा अर्थ व्यवस्थापन उपसमितिमा कमलबहादुर थापा, समन्वय विशेषमा मिलन केसी, खेल मैदान विकासमा दिलबहादुर थापा, तीज महोत्सव संरक्षण कोषमा नविन भण्डारी, जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रविमान सिंह भण्डारी, शिक्षा तथा श्रष्ट्रा सम्मानमा थिरबहादुर थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा खुशीमान गुरुङ, कार्यालय व्यवस्थापनमा राजुबहादुर भण्डारी, खेलकुद व्यवस्थापनमा शंकर केसी, मञ्च, प्याराफिट तथा स्टल व्यवस्थापनमा प्रेम गुरुङ, टिकट व्यवस्थापनमा अमिर गुरुङ, बजार व्यवस्थापनमा वलबहादुर श्रेष्ठ, युवा परिचालनमा कुशल राना, महिला समन्वयमा शारदा पौडेल, यातायात तथा पार्किङमा अमृत गुरुङ, सुरक्षा व्यवस्थापनमा हरिबहादुर वरुवाल, स्वागत सत्कारमा सञ्जय कुमार अधिकारी, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा दिलबहादुर थापा, सुचना तथा प्रचार प्रसारमा विष्णु प्रसाद गौतम, डिजिटल बोर्ड तथा व्यानरमा प्रकाश थापा, सरसफाईमा रामजि सिके र कौशल्या ज्ञान विज्ञान पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापनमा सुशील केसीलाई संयोजक तोकिएको समाजले जनाएको छ।
गठित विभिन्न उपसमितिले महोत्सवको आन्तरिक तयारी शुरु गरेको बताइएको छ। आईतबार संचार तथा प्रचार प्रसार उपसमितिले छलफल गर्यो। उपसमितिले महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचार प्रसारमा कुनै कमि नगर्ने र संचार माध्यमसँग समन्वय गरी अगाडि बढ्ने निर्णय गरेको संयोजक विष्णु प्रसाद गौतमले जानकारी दिए।
तीज महोत्सवमा तीज गीत सहित खुला भलिबल प्रतियोगिता, अन्तर मावि छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, श्रष्ट्रा सम्मान, औद्योगिक मेला तथा विभिन्न स्टलहरु र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुतिलाई यस वर्ष पनि निरन्तरता दिईने समाजले जनाएको छ। समाजले नेपाली नारीको महान् पर्व तीजको अवसरमा यहि भाद्र ८ गते देखि १० गतेसम्म ३ दिन महोत्सवको तयारी गरेको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया