रूपन्देही-३ मा उपनिर्वाचनको मिति घोषणा, कात्तिक १७ मा मतदान हुने

काठमाडौं ।
निर्वाचन आयोगले रूपन्देही क्षेत्र नं. ३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचनको मिति तोकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहोराको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा आउँदो कात्तिक १७ गते मतदान हुने गरी कार्यतालिका सार्वजनिक गरिएको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, उपनिर्वाचनका लागि असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। असोज २२ र २३ गते मनोनयन पत्र जाँचबुझ र उजुरीमाथि निर्णय गरी २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
असोज २४ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने सोही दिन अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
किन हुँदैछ उपनिर्वाचन?
सांसद बोहोराको गत २०८१ चैत १९ गते निधन भएको थियो। पोस्ट-कोभिडपछिको स्वास्थ्य समस्याका कारण थेरापी गराइरहेका बोहोराको उपचारकै क्रममा निधन भएको हो। उनी २०७९ सालको निर्वाचनमा राप्रपाबाट विजयी भएका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै सदस्यको पद रिक्त भएमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। साथै, आयोगले २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम भएका व्यक्तिहरू यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्थाबारे पनि स्पष्ट पारेको छ ।










राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया