‘मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरले जितिन्

पोखरा। पोखरामा आयोजित ‘मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्य प्रतियोगिताले पोखराका युवतीहरूमा लुकेका प्रतिभा र सौन्दर्यलाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए। भ्युअर्स च्वाइसको उपाधि रोजी बस्नेतले हात पारिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि दर्शन लामाले आयोजक हेभेनली इभेन्ट म्यानेजमेन्टलाई यस्ता प्रतिभा र सौन्दर्य प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले युवतीहरूलाई सशक्तीकरण गर्न मद्दत पुग्ने बताए।
प्रतियोगितामा निर्णायक मण्डलमा नवदीप इङ्लिस बोर्डिङ स्कुलकी संस्थापक कौशल्या गुरुङ, प्रचारका सञ्चालक तथा मिडिया व्यक्तित्व आशिष पुरी, नर्स तथा सामाजिक अभियन्ता बिजुल श्रेष्ठ र एनटीएचएमसी कलेजका प्रिन्सिपल प्रकाश रेग्मी रहेका थिए। उनीहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतिलाई सूक्ष्म रूपले मूल्यांकन गरेका थिए।








कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया