१२ लाख चोरेर भागेका युवक २४ घण्टामै पक्राउ

पोखरा । पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुछ्रे गाउँपालिका–९ का २३ वर्षीय ओमबहादुर भुजेल छन्। उनको साथबाट प्रहरीले चोरी भएको मध्ये ९ लाख ९७ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–५ मालेपाटनस्थित ‘दाङ भ्याली फ्रेस हाउस’की सञ्चालक संगिता भण्डारीको कोठाबाट साउन २ गते राति उक्त रकम चोरी भएको थियो। भण्डारीले दराजमा राखेको रकम हराएको भनी प्रहरीलाई जानकारी दिएकी थिइन्।
सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा भुजेललाई प्रहरीले साउन ३ गते राति पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका भुजेललाई कास्की जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया