जन्मजात अपांगता भएकी युवतीलाई घरमै नागरिकता

दमौली (तनहुँ) ।
जन्मजात शारीरिक अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने तनहुँकी एक युवतीलाई घरमै नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। म्याग्दे गाउँपालिका–१ गुणादीकी २० वर्षीया नवीना खनाललाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार उनको घरमै पुगेर नागरिकता हस्तान्तरण गरे।
विसं २०६२ मा जन्मेकी नवीनाको आमाको निधन भइसकेको छ भने बुबा पहिचान भएका छैनन्। ७७ वर्षीय हजुरबुबा बासुदेव खनालले उनको पालनपोषण गर्दै आएका छन्। नागरिकता नहुँदा उनले अपाङ्गता परिचयपत्र (रातो कार्ड) भएर पनि सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन्।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण विवरण तयार पारी औंठाछापका लागि मात्र प्रमुख जिल्ला अधिकारीको टोली नवीनाको घर पुगेको थियो। “अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि हामीले घरमै पुगेर नागरिकता दियौँ,” प्रजिअ अधिकारीले भने, “यस्ता कार्यले सरकारप्रतिको भरोसा बढाउँछ।”
स्थानीय जनप्रतिनिधि र प्रशासनको पहलमा नागरिकता पाएपछि अब नवीनाले अपाङ्गता भत्ता पाउने बाटो खुलेको म्याग्दे–१ का वडाध्यक्ष मणिभद्र वाग्लेले बताए। नागरिकता प्रदान गर्दा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलगायत उपस्थित थिए। रासस








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया