पोखरा २६ का ज्येष्ठ नागरिक र परियार समाजलाई वाद्य सामग्री हस्तान्तरण

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न ज्येष्ठ नागरिक समूहलाई वाद्यवादनको सामग्री हस्तान्तरण गरेको छ। वडा अध्यक्ष नरेन्द्र थापाले ज्येष्ठ नागरिकहरूको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका वाद्यवादनको सामग्री हस्तान्तरण गरेका हुन्।
घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, खास्टेताल ज्येष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा ज्येष्ठ नागरिक समूहलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।
यसैगरी देउराली मन्दिरको समूहलाई पनि एक सेट वाद्यवादनको सामग्री हस्तान्तरण गरिएको हो।
सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकको सीप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
थापाले ज्येष्ठ नागरिकहरू स्वभावैले धार्मिक हुने भएकाले भजन कीर्तनमा सहज हुने गरी सामग्री वितरण गरिएको बताए। उनले आफूहरू निर्वाचित भएर आएपछि ज्येष्ठ नागरिकहरूको दिवा सेवा केन्द्रमा खाजा वितरण र विपन्न सुत्केरीलाई पोषण वितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे।
उनले सोही निर्णय अनुसार वार्षिक रूपमा वडाका चार स्थानका ज्येष्ठ नागरिक सेवा केन्द्रमा खाजा वितरण गर्दै आएको बताए।
वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारी सहित वडाको टिम सामग्री वितरण गर्न सेवा केन्द्रमा पुगेको थियो।
यसैबीच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगेर्नाका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गरेका थिए। समाजका अनिल परियार सहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।









अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
पोखरामा मानवअधिकार महाभेला सुरु
प्रतिनिधि सभाका लागि कास्की–२ मा कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ५ जनाको दाबी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया