गंगाराम भण्डारी एनआरएनए क्यानडामा सह-कोषाध्यक्षमा भिड्दै

क्यानाडा — सामाजिक नेतृत्वमा सक्रिय रहँदै आएका गंगाराम भण्डारी (जीआर भण्डारी) ले गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी–क्यानडा) को २०२५–२०२७ कार्यकालका लागि सह-कोषाध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
“एक पटकको नेपाली, सबैको नेपाली” भन्ने सशक्त नाराका साथ अघि बढेको भण्डारीको अभियानले क्यानाडामा रहेका नेपाली समुदायबीच सकारात्मक चर्चा र गहिरो उत्साह उत्पन्न गरेको छ।

भण्डारीले आफ्नो उम्मेदवारीमार्फत क्यानाडास्थित नेपालीहरूको सामाजिक हित, आपसी एकता, र आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने अठोट व्यक्त गरेका छन्। उनी विशेषगरी युवा पुस्तालाई नेतृत्वमा सक्रिय गराउन तथा नेपाली संस्कृति, भाषा र पहिचानको संरक्षणमा प्रतिबद्ध छन्।
उनको नेतृत्वमा सञ्चालित अभियानले नेपाली डायस्पोराको स्वर विश्वसामु पुर्याउने उद्देश्य राखेको छ। विविध कार्यक्रम र छलफलमार्फत उनी आफ्नो दृष्टिकोण र भावी योजना प्रस्तुत गरिरहेका छन्।
क्यानाडामा रहेका नेपालीहरू यो निर्वाचनलाई आफ्नो पहिचान, अधिकार र सहभागिताको महत्वपूर्ण अवसरका रूपमा हेरेका छन्। भण्डारीको उम्मेदवारीले नेपाली समुदायको भविष्य निर्माणमा सशक्त र सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
उनको सक्रियता र दुरदृष्टिले एनआरएनए क्यानडाको आगामी नेतृत्वमा नवीन सोच र समावेशी दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया