अमरसिंहमा नवआगन्तुक विद्यार्थीलाई स्वागत, ‘निरन्तरको मिहिनेतले मात्र सफलता’

पोखरा । नमुना माविको रूपमा परिचित अमरसिंह मावि, रामघाट पोखराले मंगलबार विज्ञान शाखाअन्तर्गत कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
तल्लो कक्षादेखि नै अंग्रेजी माध्यम, शिक्षणमा नवीनतम विधिको प्रयोग र व्यवस्थापनमा अभिभावकको प्रत्यक्ष चासो पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयका विशेषता हुन्। इसीडीदेखि कक्षा १२ सम्म अध्यापन हुने यो विद्यालयले निरन्तर उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले जानकारी दिए।
नर्सरीदेखि बाह्र कक्षासम्म विद्यालयमा अहिले २७ सय विद्यार्थी अध्ययनरत छन्। यस वर्षको एसईई परीक्षामा पाँच जना विद्यार्थीले फोर जीपीए ल्याएका थिए। भर्नाका समयमा विद्यार्थीको चाप थेगिनसक्नुको हुन्छ। यस वर्ष कक्षा ११ विज्ञान विषयका लागि एक सय ७० सिटका लागि एक हजार तीन सय विद्यार्थीको आवेदन परेको जानकारी प्रधानाध्यापक पोखरेलले दिए।
नयाँ शैक्षिक सत्रमा विद्यालयले प्रवेश परीक्षा लिएर मात्र नयाँ विद्यार्थी भर्ना गर्ने गरेको छ। यो विद्यालयको वातावरण विद्यार्थीमैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले बताए।
उक्त कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष सन्तोष वास्तोलाले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई नैतिक शिक्षासमेत प्रदान गर्न आवश्यक भएको बताए। अमरसिंह मावि गण्डकी क्षेत्रको मात्र नभई देशकै उत्कृष्ट सामुदायिक माविको रूपमा परिचित रहेको बताउँदै विद्यार्थीको मिहिनेतले नै विद्यालयले सफलता हासिल गर्ने उनले बताए।
डा. चिन्तामणि योगीले उत्प्रेरणात्मक शुभकामना तथा अभिमुखीकरण मन्तव्य दिँदै भने, ‘विद्यार्थीको निरन्तर मिहिनेतले मात्र सफलता हासिल गर्न सकिन्छ।’ विद्यालयले शैक्षिक वातावरण दिन सक्नुपर्ने बताउँदै उनले विद्यार्थीका हरेक क्रियाकलाप र उनीहरूको मनोविज्ञान बुझेर अगाडि बढ्नुपर्ने सुझाव दिए। विद्यार्थीकेन्द्रित शिक्षण विधि प्रयोग गर्नसमेत उनले आग्रह गरे।
विशिष्ट अतिथिको रूपमा बोल्दै शिक्षाविद् जर्ज जोनले सामुदायिक विद्यालयमध्ये अमरसिंहले आफूलाई उत्कृष्ट माविको रूपमा चिनाउन सकेको बताए।
सो अवसरमा डा. लेखनाथ खनाल, विद्यालयका प्रधानाध्यापक बलराम पोखरेल, विज्ञान शाखा प्रमुख रुना श्रेष्ठ, सुरेन्द्र अधिकारी लगायतले आफ्नो भनाइ राखेका थिए।
उक्त अवसरमा विज्ञान शाखाअन्तर्गत कक्षा १२ का विद्यार्थीले नृत्य प्रस्तुत गर्नुका साथै विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो। विद्यालयमा दृष्टिविहीन विद्यार्थीसमेत अध्ययनरत छन्। उनीहरूलाई ब्रेल लिपिमा पढाइन्छ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया