टेक एज युथ परियोजना चलाइने

पोखरा ।
अध्ययन केन्द्रका साथै सिकाइका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ ।
रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालयबिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार परियोजनाबाट लक्षित समुदायका बिद्यालय बाट पिछडिएका, प्रविधिको पहुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गदै वा अध्ययन गर्न छोडेका किसोरकिसोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडाको तर्फबाट सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्मा, गोगन माविका प्रधानाध्यापक मोहनराज बराल लगायतले बोलेका थिए । ८ लाख रुपैया खर्च हुने उक्त कार्यक्रमका लागि परियोजनाले ४ लाख बराबरको खर्च गर्ने छ ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया