अटिजम केयर सोसाइटी गण्डकीको शिविरमा ३५ जनाको स्वास्थ्य परीक्षण

समाधान संवाददाता २०८२ साउन १० गते १८:२७

पोखरा ।

अटिजम केयर सोसाइटी गण्डकीले शनिबार नाक, कान घाँटीका बिरामीको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वाकोन अस्पताल लेकसाइडसँगको सहकार्यमा भएको शिविरमा ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरमा डा सन्ध्या कक्षपति, डा सन्तोष न्यौपाने, डा अनुज पौडेल लगायतका स्वाथ्यकर्मीले बिरामीको जाँच गरेको अटिजम केयर सोसाइटी गण्डकीका सचिव रमेश लिगलले जानकारी दिए ।

पञ्चासे बौद्ध बिहारका प्रमुख मीन गुरुले शिविरको उद्घाटन गर्दै अटिजम लगायत स्नायु विकासात्मक अपांगता भएका बाल बालिकाको लागि स्वास्थ्यको सेवा प्रदान गर्नु पुण्यको काम भएको बताए । स्वाकोन अस्पतालका डा कक्षपतिले आगामी दिनमा समेत आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिइन् । उनले बिरामीको लागि निशुल्क जाँच सेवा प्रदान गर्ने उल्लेख गरिन् । कार्यक्रममा कर्मचारी रानी लिम्बु र खिमा थापालाई उत्कृष्ट कर्मचारीको रुपमा दोशल्ला ओढाएर मायाको चिनो प्रदान प्रदान गरिएको छ ।

Advertisement

समारोहमा अस्पतालबाट प्राथमिक उपचार बाकस, अध्यक्ष मुकुन्द लम्साललाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा अटिजम केयर सोसाइटी गण्डकीका पूर्व अध्यक्ष राजेन्द्रमान उदास र संस्थाका अभिभावक प्रवेश घिमिरे, सचिव रमेश लिगल लगायतले स्वास्थ्य शिविरको महत्वबारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया