घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने

पाेखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक दुुई वर्षभित्र निर्माण सक्नेगरी २०८१ फागुन २१ सम्झौता गरिएको थियो ।
सडक निर्माणका लागि निर्माण कम्पनीले ३० करोड १८ लाखमा सम्झौता गरेको छ । सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए । सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे।
यो योजना सम्पन्न भएसँगै माछापुच्छ्रे गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गरी सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा बहुआयामिक भूमिका खेल्ने उनको भनाइ छ । सडकको लम्बाइ १३।३ किलोमिटर रहनेछ । पहिलो सात किलोमिटरसम्म अस्फाल्ट ‘पिच’ र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।
निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरेले शुक्रबारदेखि निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको धारणा राखे ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया