नारायणको ‘तमस’ सार्वजनिक

समाधान संवाददाता २०७६ मंसिर २९ गते १३:२६

समाधान संवाददाता
पोखरा

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा नारायण ढकालको कथा सञ्चयन ‘तमस’ सार्वजनिक गरिएको छ । लेखकद्वय खगेन्द्र संग्रौला र गनेस पौडेलले कृति संयुक्त रुपमा विमोचन गरे ।

कृतिमा नेपाली समाजका विभिन्न घटनाक्रमलाई कथामा बुनेको कथाकार नारायण ढकालले बताए । ‘पञ्चायतदेखि गणतन्त्रसम्मको नेपाली परिवेशसँग जोडिएका घटनालाई मैले पुस्तकमा प्रस्तुत गरेको छु,’ उनले भने, ‘वस्तुपरक कथा धेरै छन् ।’ मन पर्ने ठाउँ पोखराबाट पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको ढकालले बताए । पुस्तक बजारमा आइसकेपछि पाठकले दिने प्रतिक्रियालाई सम्मान गर्ने लेखक ढकालले सुनाए । पुस्तकमा १३ कथा छन् ।

Advertisement

पुस्तक विमोचनअघि संग्रहबारे लेखकद्वय खगेन्द्र संग्रौला र गनेस पौडेलले बोलेका थिए । ढकालले विगतको लेखन शैलीलाई कायम राख्दै नयाँ कृतिमा केही नयाँ शैली अपनाएको लेखक पौडेलले सुनाए । लेख्ने व्यक्ति आफैंमा प्रगतिशील हुने हुँदा ढकालको नयाँ कृतिले साहित्य क्षेत्रमा थप योगदान दिएको लेखक पौडेलको भनाइ छ । अर्का लेखक खगेन्द्र संग्रौलाले कृतिकार ढकालको आनीबानी र उनको निजी जीवनबारे प्रकाश पारे ।

‘तसम’ ढकालको १८ औं कृति हो । पुस्तक बुक हिलले पुस्तक प्रकाशनमा गरेको हो । यसअघि उनका ५ उपन्यास, ७ कथा संग्रह, बाल कथा संग्रह, निबन्ध संग्रह, अनुवाद लगायतका कृति प्रकाशित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया