हिलप्वाइन्ट माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई शनिबार स्वागत गरेको छ । कार्यक्रम लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा आयोजना गरिएको थियो ।
नयाँ विद्यार्थीहरूलाई आत्मीयता, मार्गदर्शन र प्रेरणाको वातावरण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममार्फत विद्यालय जीवनको प्रारम्भिक अनुभव रमाइलो र सार्थक बनाउन विविध प्रस्तुति र जानकारीमूलक सत्रहरू समावेश गरिएको थियो ।
स्वागत समारोहमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजुलीबहादुर गुरुङ, प्राचार्य दिवाकर जैशी र सहायक प्राचार्य गंगाराम पौडेलका साथै शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता थियो ।
कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष बिजुलीबहादुर गुरुङले विद्यार्थीको भविष्य निर्माणमा विद्यालय परिवारको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन र निरन्तर अभ्यासमार्फत सफलतातर्फ अघि बढ्न प्रेरणा दिए ।
विद्यालयका प्राचार्य दिवाकर जैशीले विद्यालयको स्थापना, विकासको यात्रा र शैक्षिक नीतिबारेमा प्रकाश पार्दै विद्यार्थीलाई अध्ययनका साथै अनुशासन र व्यवहारमा पनि उत्कृष्ट बन्न प्रेरणा दिए । उनले विद्यार्थीको सम्पूर्ण विकासमा विद्यालयले भूमिका खेल्दै आएको उल्लेख गरे ।
सहायक प्राचार्य गंगाराम पौडेलले विद्यालयको संरचना, नियम, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापहरूबारे नयाँ विद्यार्थीलाई जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा कक्षा १२ की छात्रा भोजमाया गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने नवआगन्तुक विद्यार्थीको तर्फबाट कक्षा ११ की छात्रा रिश्ता गुरुङले धन्यवाद मन्तव्य दिँदै विद्यालयको वातावरणप्रति कृतज्ञता प्रकट गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया