घार्मीमा चिया खेती गरिने

पोखरा ।
पोखरा महानगरपालिका वडा नं.१९, घार्मीको गिद्ध बस्ने डाँडामा चिया खेती गरिने भएको छ । चिया खेतीका लागि सो ठाउँको माटो र जमिन उपयुक्त रहेको एक अध्ययनले देखाएपछि वडा कार्यालयको सक्रियतामा नै चिया खेती गर्न लागिएको वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए ।
चिया खेतीका लागि शनिबार करिब ५० वटा चियाका विरुवासमेत रोपिएको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जमिन र हावापानीका कारण पनि यो क्षेत्र चिया खेतीका लागि उपयुक्त रहेको बताए । यहाँ चिया ख्तस् सफल भएमा आय आर्जनको गतिलो स्रोत बन्ने उनको अपेक्षा छ ।
वडाध्यक्ष पाण्डेले उघार्मी पर्यटकीय क्षेत्र भएकाले पनि चिया खेती थप आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत गौतम, विकास कुमार आचार्य, कल्पना सुनार, समाजसेवी लेखनाथ लामिछाने लगायतले यसको संरक्षण, गोडमेल र सरसफाईमा स्थानीय बासिन्दाले ध्यान दिनुपर्ने बताए।
उनीहरूले यसबाट कृषि क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको आगमन र त्यहाँको पिकनिक स्पटको समेत प्रचार हुने विश्वास लिए । शनिबार ५० वटा मात्र विरूवा रोपिए पनि केही दिनभित्रै १ हजारभन्दा बढी विरूवा रोप्ने तयारी छ ।
चिया खेतीको विकासका लागि वडाले यस आवमा केही बजेट विनियोजनसमेत गरेको छ । यो ठाँउमा केही दिनअघि गरिएको प्राविधिकको अनुगमन र परीक्षणबाट चिया खेती रामो हुने पत्ता लागेको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया