मदन भण्डारी पार्कमा वृक्षरोपण

पोखरा ।
मदन भण्डारी फाउन्डेसन गण्डकी प्रदेश कमिटीले शनिबार तनहँुको कोत्रेमा रहेको मदन भण्डारी स्मृति पार्कमा वृक्षरोपण गरेको छ । कार्यक्रममा २५ वटा गुलमोहरका बिरुवा रोपिएको कमिटी अध्यक्ष लक्ष्मण गिरीले जानकारी दिए ।
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य टुकराज सिग्देलले सामाजिक संस्थाको रुपमा स्थापना भएको फाउन्डेसनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’को बारेमा सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न सुझाव दिए ।
फाउन्डेसन गण्डकी अध्यक्ष गिरीले मदन भण्डारीका दर्शन, विचार र योगदानलाई जनतासमक्ष पुर्याउने उद्देश्यले फाउण्डेशनको स्थापना भएको जानकारी दिए ।
कार्यक्रममा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, पोखरा महानगरपालिकाका अध्यक्ष जीवनप्रसाद आचार्य, मदन भण्डारी फाउन्डेसन गण्डकीका सचिव मनकुमार श्रेष्ठ लगायत तनहुँ र कास्कीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया