एनआरएनए अष्ट्रेलियामा पोखराका भुवन तिमिल्सिना राष्ट्रिय कार्यसमिति सदस्य निर्वाचित

क्यानबेरा, अष्ट्रेलिया
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२३-२०२५ कार्यकालका लागि भएको निर्वाचनमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) बाट राष्ट्रिय कार्यसमिति सदस्य पदमा पोखराका भुवन तिमिल्सिनासहित तीन जना निर्वाचित भएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यसमिति (NCC) २०२३-२०२५ को लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। निर्वाचन परिणाम अनुसार, अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) राज्यको प्रतिनिधित्व गर्दै तीन जना राष्ट्रिय कार्यसमिति सदस्य पदमा विजयी भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, जनक राज पौडेलले ६,७३८ मत, भुवन तिमिल्सिनाले ६,७०४ मत तथा सुमन भट्टराईले ६,४३९ मत प्राप्त गरी राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्। विजयी उम्मेदवारहरूमध्ये पौडेलले सर्वाधिक मत प्राप्त गरेका हुन् भने कास्कीको पोखराका स्थायी बासिन्दा भुवन तिमिल्सिना दोस्रो स्थानमा रहँदै विजयी भएका छन्।
लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय रहँदै आएका तिमिल्सिनाको विजयले पोखरेली समुदायमा खुसियाली छाएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी तीनै जनालाई विभिन्न सामाजिक सञ्जाल तथा नेपाली समुदायबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी छ। उनीहरूले आगामी दुई वर्षका लागि एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिमा रहेर एसिटीका नेपालीहरुको प्रतिनिधित्व गर्नेछन्।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया