प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै प्रधानमन्त्रीलाई नेसपाको ज्ञापन पत्र

पोखरा ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मागसहित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । गण्डकी प्रदेश संयोजक नेत्र चापागाईंको नेतृत्वमा उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री केपी शर्मा ओली पठाएका हुन् । उनीहरुले सिडिओ रुद्रादेवी शर्मालाई उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा वर्तमान राजनीतिक प्रणालीले देशको विकास, सुशासन र जनताको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको दाबी गरिएको छ । पार्टीले भनिएको छ, ‘लोकतन्त्र सिमित र औपचारिक बन्दै गएको छ। लोकतन्त्रको नाममा दलतन्त्र, दलतन्त्रको नाममा नेतातन्त्र, नेतातन्त्रको नाममा शीर्ष नेताको सिन्डिकेट हाबी भएको छ ।’
पार्टीका अनुसार देशको अग्रगमन र राजनीतिक स्थायित्वका लागि अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको आवश्यकता छ । प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, संसदमा पूर्ण समानुपातिक प्रतिनिधित्व र विज्ञता एवं दक्षताका आधारमा मन्त्रिमण्डल गठन गर्नुपर्ने पनि माग गरिएको छ ।
ज्ञापनपत्रमा भ्रष्टाचार, बेरोजगारी, सार्वजनिक सेवाप्रति जनताको विश्वासमा आएको गिरावट, संवैधानिक निकायहरूमा दलगत भागबण्डा र लोकतान्त्रिक संस्थाहरूको कमजोर स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । ‘वार्षिक लाखौं युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन्, सार्वभौम नागरिक निरीह, रमिते र आजित भइरहेका छन्,’ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली, संसदमा पूर्ण समानुपातिक प्रतिनिधित्व, नागरिकलाई ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था, सुशासन, सदाचार र समावेशी विकास, मौलिक हकहरूको निशर्त कार्यान्वयन, उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन र शक्तिशाली जनलोकपालको गठन, प्रविधियुक्त जनमैत्री कर्मचारी प्रशासन, न्यायालयको पुनःसंरचना, संवैधानिक निकायमा दलगत भागबण्डाको अन्त्य हुनुपर्ने माग गरिएको छ । आत्मनिर्भर अर्थतन्त्रमार्फत स्वरोजगारमा जोड तथा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्नुपर्ने मागहरू उठाइएका छन् । गण्डकी प्रदेशसँग सम्बन्धित केही ठूला पूर्वाधार र विकास योजनालाई पनि ज्ञापनपत्रमा समेटिएको छ । त्यसअन्तर्गत गोरखकाली रबर उद्योग पुनः सञ्चालन, वुढीगण्डकी जलविद्युत आयोजनाको शीघ्र निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, पोखरा बसपार्क निर्माण तथा मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइ अन्त्य गर्न आग्रह गरिएको छ ।
‘अब आँखा खोलौं’ अभियानमार्फत देशभर वैचारिक रूपान्तरण, जनचेतना र वैकल्पिक शक्तिको निर्माणमा केन्द्रित हुने योजना पार्टीको छ। उनले भने, ‘अबको दशक विचार र एजेण्डासहितको वैकल्पिक शक्तिको दशक बनाउनु आवश्यक छ,’ संयोजक चापागाईंले भने । पार्टीले देशको राजनीतिक पुनःसंरचना र संविधान संशोधनको आवश्यकतालाई जोड दिँदै सबै सरोकारवालालाई वैकल्पिक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया