गण्डकीमा ६ सयलाई डेंगी

गण्डकी ।
गण्डकी प्रदेशमा गत पुसयता ६ सय ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत जेठमा १ सय ६९ जनामा डेंगी संक्रमण देखिएकोमा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३ सय ७, तनहुँमा १ सय १, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा ४ जनामा संक्रण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म मुस्ताङ र मनाङमा भने डेंगीका बिरामी भेटिएका छैनन् । कास्कीमा संक्रमण पुष्टि भएका ३ सय सातमध्ये १ सय ३ जना पोखरा महानगरपालिकाका छन् । प्रदेशभरमा हालसम्म पुष्टि भएका डेंगीका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन् ।
साउनदेखि कात्तिकसम्म डेंगी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रणको दर बढ्दै जाने जनाइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगी संक्रमण न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताए ।
संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेंगीलाई सामान्य रुपमा लिन हुँदैन
गत वर्ष प्रदेश राजनधानी पोखरा डेंगीको ‘हटस्पट’ बनेकाले यस वर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उनको भनाइ छ । पोखरा महानगरसहित प्रदेशका स्थानीय तहहरूले समुदाय स्तरमा डेंगी फैलनबाट रोक्न डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन् । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको छ ।
गत वर्ष पोखरा महानगरपालिकामा मात्र ८ हजार ६ सय जनाभन्दा बढीमा डेंगी सङ्क्रमण भएको थियो । डेंगी सङ्क्रमणबाट पोखराका ३ जनाको मृत्यु भएको थियो । गत वर्षको भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा ६ गुणाले डेङ्गी संक्रण बढेको थियो । लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि सुरु गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनीहरूको भनाइ छ । डेंगी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत स्थानमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीले बताए ।
डेंगी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको उनको भनाइ छ । ‘सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो’, उनले भने ।
संक्रमितले तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक तिवारीको भनाइ छ । डेंगीको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्ने जस्ता लक्षण देखा पर्ने गर्छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेंगीलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय हो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया