इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रजिस्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेको हो । तनहुँका भट्टराई पोखरा महानगरपालिकाका पूर्व इन्जिनियर हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ २७ गते रजिस्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । प्राप्त दरखास्तहरूमध्ये स्वीकृत कार्यविधिअनुसार मूल्याङ्कन गरी ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा प्रकाशन गरिएको थियो ।
संक्षिप्त सूचीमा कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, ध्रुवराज भट्टराई, रमेश ज्ञवाली र शिव मंगल गिरी रहेका थिए । मन्त्रालयले संक्षिप्त सूचीमा परेका उम्मेद्वारहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि साउन २ गते बोलाएको थियो । प्रत्येक उम्मेदवारलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्नका लागि २० मिनेटको समय निर्धारण गरिएको थियो । सोही प्रस्तुतीकरण र मूल्याङ्कनका आधारमा भट्टराईलाई रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरिएको हो ।







पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया