कुवेतमा पीडित तनहुँकी संगीताको उद्धार
समाधान संवाददाता
२०८२ साउन १४ गते ११:१२
पोखरा ।
कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत रहँदै शारीरिक र मानसिक यातनामा परेकी तनहुँकी संगीता थापाको अन्ततः उद्धार भएको छ । परराष्ट्र मन्त्रालयको समन्वयमा कुवेतस्थित नेपाली राजदूतावासले उनलाई सुरक्षित रूपमा उद्धार गरी आज सोमबार काठमाडौं ल्याइएको हो ।
उद्धारको पहल सामाजिक अभियन्ता दीपकराज जोशीबाट सुरु भएको थियो । जोशीले थापाको पीडा उजागर गर्दै नेपाल सरकारसमक्ष औपचारिक अपील पत्र दर्ता गराएका थिए । सो पत्र परराष्ट्र मन्त्रालयमा पुगेसँगै, मन्त्रालयले तत्काल आवश्यक समन्वय गरी नेपाली दूतावास कुवेतमार्फत उद्धार प्रक्रिया अघि बढाएको थियो ।
थापाको सकुशल फर्किनुले हजारौँ प्रवासी नेपाली महिलाको सुरक्षाको सवालमा गम्भीर ध्यानाकर्षण गराएको छ । यो घटनाले सरकारले समयमै हस्तक्षेप गरेमा संकटमा परेका नागरिकलाई जोगाउन सकिने उदाहरण पनि प्रस्तुत गरेको छ ।
सम्बन्धित







थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया