शुक्रबारदेखि पोखरामा नाटक ‘पीडा गीत’ मञ्चन हुने
समाधान संवाददाता
२०८२ साउन १५ गते १८:०९

पोखरा ।
पोखरा थिएटरमा शुक्रबारदेखि नाटक ‘पीडा गीत’ मञ्चन हुने भएको छ । गार्डेन थिएटरको प्रस्तुतिमा मञ्चन हुने उक्त नाटकलाई चे शंकरले निर्देशन गरेका हुन् भने यसलाई कलाकार तथा लेखक खगेन्द्र लामिछानेले लेखेका हुन् ।
एकालाप शैलीको यस नाटकमा रोशन ज्ञवालीको एकल अभिनय रहनेछ । “लामो समयपछि रंगमञ्चमा फर्किँदा म उत्साहित छु,” कलाकार ज्ञवालीले भने ।
नाटकले भरियाको एक्लो जीवनकथा मार्फत समाजको यथार्थ चित्रण गर्ने निर्देशक चे शंकरले बताए । “यो नाटक समाजको प्रतिबिम्ब हो । यसले आम नेपालीको राजनीतिक, सांस्कृतिक र सामाजिक अस्तित्वको सङ्कटलाई छर्लङ्ग पारेको छ,” उनले थपे ।
नाटक गैह्रापाटनस्थित पोखरा थिएटरमा शुक्रबार साँझ ५:३० बजे तथा शनिबार दिउँसो १:०० बजे र साँझ ५:३० बजे मञ्चन हुनेछ ।
सम्बन्धित







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया