रातिमा बियर, रक्सी र कुखुराको मासु चोरे, दिउँसो पक्राउ परे

स्याङ्जा ।
स्याङ्जामा किराना पसलबाट बियर, रक्सी र कुखुराको मासुसहितका सामान चोरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका-६ का २२ वर्षीय तोरण परियारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, परियारले साउन १४ गते राति पुतलीबजार-६, टक्सार काउलेस्थित नर बहादुर गुरूङको किराना पसलमा चोरी गरेका थिए । उनले पसलबाट १७ बोतल रियल गोल्ड बियर, १ कार्टुन सोफी रक्सी, ९ प्याकेट चुरोट, २० प्याकेट चाउचाउ र २५ केजी कुखुराको मासु चोरेको प्रहरीले जनाएको छ ।
चोरीको सूचना पाएपछि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा परियारलाई साउन १५ गते चोरीका केही सामानसहित उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका परियारलाई जिल्ला अदालत स्याङ्जाबाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया