पोखराको सार्वजनिक यातायातमा गुड्न थाल्यो विद्युतीय बस

पोखरा ।
पर्यटकीय सहर पोखराको सार्वजनिक यातायातमा बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा आएको छ । पोखरा यातायात सेवा प्रालिको व्यवस्थापन र व्यवसायी अशोक गुरुङको लगानीमा वातावरणमैत्री यातायात सेवाको सुरुवात गरिएको हो ।
पोखरा-१६, लामाचौरमा आयोजित एक कार्यक्रममा वडाध्यक्षहरू अमृत शर्मा तिमिल्सिना (वडा नं. १६) र पुष्पेन्द्र पाण्डे (वडा नं. १९) ले संयुक्त रूपमा बस सेवाको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै वडाध्यक्षहरूले विद्युतीय बसले पोखराको वातावरणलाई सफा र पर्यटनमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरूले क्रमशः पुराना र प्रदूषण फैलाउने गाडीलाई विस्थापित गर्दै लैजान व्यवसायीलाई सुझाव दिए ।
व्यवसायी अशोक गुरुङको १ करोड २५ लाख रुपैयाँको लगानीमा टाटा कम्पनीको ३२ सिटे ‘टाटा अल्ट्रा ईभी’ बस खरिद गरिएको हो । सिप्रदी ट्रेडिङ पोखराका प्रमुख मोहदत्त भट्टराईका अनुसार, २१३ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको यो बसले एक पटकको फुल चार्जमा २५० किलोमिटरसम्मको दुरी तय गर्न सक्छ ।
पोखरा यातायात सेवा प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले पोखरामा चल्ने धुवाँ फाल्ने पुराना गाडीलाई क्रमशः विस्थापित गर्दै विद्युतीय बस सञ्चालनलाई प्राथमिकता दिइने योजना सुनाए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसी, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी लगायतका वक्ताले वातावरण संरक्षणका लागि विद्युतीय बस उपयुक्त हुने भन्दै यस्ता प्रयासमा स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया