वक्तृत्वकला प्रतियोगिता त्रिभुवन शान्ति मावि टंक पहिलो

लेखनाथ ।
जागरुक नागरिक समाज कास्कीले चौथो स्थापना दिवसको अवसरमा सुशासन, विकास र समृद्धिका विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा त्रिभुवन शान्ति मावि पोखरा ३० का टंंकबहादुर चर्माले प्रथम स्थान हाँसिल गरेका छन् ।
त्रिवेणी पब्लिक स्कुलकी निश्मा गुरुङ दोस्रो, लक्ष्मी आदर्श माविकी रोशन रावल तृतीय र अल्फा ऐकेडेमीकी रोजनी पुरी सान्त्वना ठहरिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ४ हजार रुपैयाँका साथमा प्रमाणपत्र र ट्रफी पाएका छन् ।
प्रतियोगितामा लेखनाथ क्षेत्रका माध्यमिक तह (कक्षा ९–१२) का २० विद्यालयका ४० विद्यार्थी सहभागी थिए । कार्यक्रममा कास्की शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सामाजिक विकृति हटाउन सबै तहका नागरिकले सचेत हुनुपर्ने बताए । उनले भने, ‘विद्यार्थी, शिक्षक र नागरिक समाजले मिलेर मात्र समाजलाई अगाडि लैजान सकिन्छ । पुरस्कारभन्दा सहभागिता नै सफलताको मापदण्ड हो ।’
जागरुक नागरिक समाज कास्कीका अध्यक्ष रामहरि ढुंगानाले सुशासन र समृद्धिका लागि सबै नागरिकलाई राष्ट्रिय झण्डामुनि एकजुट हुन आह्वान गरे । उनले संस्थाले वृक्षारोपण, सचेतना कार्यक्रम, रक्तदान र कृषि क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा र कार्यक्रम संयोजक लक्ष्मीप्रसाद ढुंगाना (एलपी) लगायतले बोलेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली भाषा शिक्षक परिषद्का सूर्यप्रसाद लम्साल, शिवहरि सुवेदी र ऋषिकेश बराल थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया