लक्ष्मीको तीजगीत बजारमा

पोखरा ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ । दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन् ।
पुरानादेखि नवोदित गायक गायिकाले समेत यसपालिको तीजमा आफ्ना प्रस्तुतिलाई दर्शक स्रोतामाझ ल्याएका हुन् । तीजकै छेकोमा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि ‘बाबा आमालाई सेवा गरौ’ जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी छन् ।
मोति डिजिटलले बजारमा ल्याएको गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले साथ दिएका छन् । गीतमा लय र शब्द माधवप्रसाद खनालको छ । भिडियोको निर्माण मोति डिजिटल स्टुडियोले गरेको हो ।
महेश्वर खनाल दिदी बहिनी समूहको प्रस्तुति रहेको गीतमा बाबा आमालाई सेवा गरौं, ज्येष्ठ नागरिक समाज र परिवारको आस्था, धरोहर भएको विषयलाई गीतमार्फत प्रस्तुत गरिएको गायिका पौडेलले बताइन् । ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाईने भाका र शब्दलाई गीतमा प्रस्तुत गरिएको छ ।
केही दिन अगाडि मोति डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको सो मौलिक गीतले राम्रै भ्युज पाएको छ । सोही समूहले सन्जु खनालको आवाजमा ‘दिदी भाइको गन्थन’ मौलिक तीज गीत पनि सार्वजनिक गरेको छ ।









व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया