पोखरामा प्रथम राष्ट्रिय कोदो दिवस: उत्कृष्ट कृषकहरू सम्मानित

पोखरा ।
प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ पोखरामा पनि मनाइएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा कोदोजन्य परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरूलाई सम्मान गरिएको छ ।
“कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको राष्ट्रिय कोदो दिवसका अवसरमा पोखरामा लामो समयदेखि कोदो खेतीमा संलग्न र सबैभन्दा धेरै कोदो उत्पादन गर्ने चार जना कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले सम्मान समेत गरे ।
८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-१६ की बबिता गुरुङ, करिब ८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२८ की अम्बिका भण्डारी, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२३ का सचेन गुरुङ र १२ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२१ का कर्ण बहादुर थापालाई नगदसहित सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका रैथाने बालीको संरक्षण तथा विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले उत्पादनमा जोड दिए । रैथाने बालीहरू उपेक्षित बन्दै लोपोन्मुख अवस्थामा पुगेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उहाँले स्वास्थ्यका लागि अति नै उपयोगी कोदोजन्य बालीको उत्पादन समेत घटेको बताउनुभयो । उत्पादन वृद्धिमा जोड दिँदै उहाँले महानगरपालिकालाई कोदोजन्य उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने बताए।
महानगरपालिका पछिल्लो समय दुध, दही, अण्डा लगायत केही तरकारीहरूमा आत्मनिर्भर भइसकेको उल्लेख गर्दै उहाँले उत्पादित कृषिजन्य उपजहरूको बजारीकरणका लागि आवश्यक सहयोग तथा समन्वय गरिने बताए ।
परम्परागत बालीको संरक्षण, कोदोजन्य पोसिलो अन्नको प्रवर्द्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेतीप्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम गरिएको महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार यसको प्रवर्द्धन तथा कृषकहरूको आकर्षण बढाउनका लागि महानगरपालिकाले न्यूनतम समर्थन मूल्य समेत उपलब्ध गराउँदै आएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया