पोखरामा विद्यार्थी लक्षित ‘गेन्स महोत्सव २०८२’

पोखरा । गण्डकी एकेडेमी अफ इन्टरडीसिप्नेरी स्टडिज (गेन्स कलेज), नदीपुर, पोखराले ‘गेन्स महोत्सव २०८२’ शुक्रबार बाट सुरु भएको छ। कक्षा १२ सकेका विद्यार्थीहरूका लागि लक्षित गरिएको यो दुईदिने महोत्सवको पहिलो दिन ११ वटा खेल सम्पन्न भए ।
खेल अघि एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको थियो. हिसान गण्डकी प्रदेश अध्यक्ष डा. रामजी शर्माले उदघाटन गरेको यस कार्यक्रमलाई स्मृति थापाले संचालन गरेका थिए. त्यस्तै गरि मेख राज पौडेलले कार्यक्रम र संस्थाको बारे जानकारी थिए. कार्यक्रमको बिचमा निसाना सुबेदी, समिका बराम र एलिसा भण्डारीले सांस्कृतिक नृत्य देखाएका थिए ।
लिग चरणको पहिलो खेल उत्तम दाईलाई दाजुभाई क्लब ले २-३ को अन्तरले जित्यो . त्यस्तै गरि दोस्रो खेलमा बबाल टिम ले नबोदित क्लब लाई १-० को झिनो गोल अन्तरले जित्यो भने दिप समुहले गोरे क्लबलाई ४-१ को फराकिलो अन्तरले हरायो. बि बि वाइसि र रयान्डम क्लबले आफ्ना विपक्षीलाई हराउदै अघिल्लो चरणमा पुगे. त्यस्तै गरि आर्को चरणमा रयान्डम क्लब पुनः बिजयी भएको थियो.
युवा जोस र सनिकर निर्धारति समयमा २ २ गोल भएपछि गरिएको पेनाल्टीमा सनिकर बिजयी भएको छ . तर आर्को चरण को खेलमा पेनाल्टीमा नै सनिकर कोल्पस बिरुद्द हारेको छ . एच पी सी ले एलिमेंट लाइ ५-० को फराकिलो गोल अन्तरले जित्यो . कक्षा १२ को परिक्षा दिएका विधार्थी लक्षित यस फूटसल प्रतियोगिता २१ टिम ले भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार सहित ट्रफी र टोलीका सदस्यले स्नातक तहमा छुटमा पढ्न पाउने आदित्य पहारीले जानकारी दिए । त्यस्तै गरि उपविजेताले नगद १५ हजार सहित सहित ट्रफी र टोलीका सदस्यले छुटमा पढ्न पाउने छन् ।
फूटसल संयोजक समिर गौतमका अनुसार अघिल्लो चरणको खेल शनिवार हुने छ . शनिवार नै कविता वाचन, टिकटक भिडियो प्रतियोगिता, पब्जी टुर्नामेन्ट, चित्रकला लगायतका विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ। ‘गेन्स महोत्सव २०८२’ विद्यार्थीहरूको समग्र विकासलाई लक्ष्य गरेर गरिएको महत्त्वपूर्ण प्रयास हो।
यसले युवा पुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै शिक्षाको अतिरिक्त आयाममा सशक्त बनाउने अपेक्षा गरिएको छ। यस्ता उत्सवहरूले विद्यार्थी र अभिभावक समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास कलेज व्यवस्थापनले लिएको छ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया