एनप्याव्सन कास्कीको हाजिरीजवाफ अञ्जुली पहिलो

समाधान संवाददाता २०८२ साउन १७ गते १८:२३

पोखरा ।

नेसनल प्याब्सन कास्कीले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बगर टुडिँखेलमा अवस्थित अञ्जुली आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ ।

Advertisement

नेसनल प्याब्सन कास्कीले संस्थामा आवद्ध विद्यालयबिच आयोजना गरेको १९ औं एन प्याब्सन हाजिरीजावफ प्रतियोगितामा अञ्जुली प्रथम भएको हो । प्रतियोगितामा डायमन्ड मोडल स्कुल दोस्रो, रत्न ज्योति मावि तेस्रो, कास्की मोडर्नाइज्ड एकेडेमी सान्त्वना, त्रिवेणी पब्लिक मावि पाँचौ र वीरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छैटौं भए ।

विजयी विद्यार्थीलाई नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी र उपाध्यक्ष मनकाजी गुरुङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ३६ विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक पितृराज अधिकारीले जानकारी दिए । प्रतियोगिताको सहजीकरण रञ्जीत गुप्ता र डोलराज अर्यालले गरेका थिए ।

Advertisement

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक दामोदर सुवेदीले एनप्याब्सनले उत्कृष्ट क्रियाकलापहरु गर्ने गरेको बताए । शिक्षण सिकाईका अलावा एन प्याब्सन कास्कीले विभिन्न खालका अतिरिक्त कार्यक्रम आयोजना गरी विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने काम गरेको उनको भनाइ छ ।
एन प्याब्सन कास्कीले विद्यार्थीको प्रतिभा उजागर गर्ने शैक्षिक तथा खेलकुदका कार्यक्रम गर्दै आएको छ । यस अलावा आफ्‌ना शिक्षकलाई पनि तालिम दिने गरिएको छ ।

तपाईको प्रतिक्रिया