पोखरा १३ मा क्वाँटी तथा गाईजात्रा महोत्सव

पोखरा ।
क्वाँटी र गाईजात्राको सन्दर्भमा पोखरा अहिले मौलिक संस्कृति, परम्परा र परिकारको स्वादले भरिएको छ । पोखरा महानगरपालिका–१३ स्थित भद्रकाली गौँडाकोमुखमा तेस्रो गौँडाकोमुखमा क्वाँटी तथा गाईजात्रा महोत्सव भएको छ ।
कार्यक्रमको आयोजना श्री बालगोपाल भजन कीर्तन सेवा समितिले गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य नेवारी मौलिक संस्कृति, परम्परा र समुदायको एकता प्रवद्र्धन गर्नुका साथै क्वाँटी खाने परम्परा र गाईजात्राको संरक्षण तथा प्रचार गर्नु हो ।
कार्यक्रममा नेवारी कला, भेषभूषा, नाचगान र नेवारी परिकारमार्फत संस्कृतिकलाई थप जीवन्त बनाइएको थियो । समितिका अध्यक्ष माधव नारायण श्रेष्ठले वर्षा भरीको मेहनतपछि कमजोर भएको शरीरलाई बलियो बनाउन क्वाँटी खाने चलन सुरु गरिएको बताए । ९ थरि गेडागुडी मिसाएर बनाइने क्वाँटी स्वास्थ्यवद्र्धक मानिने उनको भनाइ छ ।
कार्यक्रममा नेवारी संस्कृति प्रवद्र्धनमा योगदान पुर्याउँदै आएका हरि गोपाल बडगामीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बराल र वडा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले मौलिक संस्कृति संरक्षणका लागि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए । उनीहरुले संस्कृति पुस्तान्तरण नभएमा परम्परा लोप हुँदै जाने बताउँदै संस्कृति जगेर्नाका लागि साथ दिने प्रतिवद्धता जनाए । ‘संस्कृति रहे हामी रहन्छौँ । हिचान संस्कृतिसँग जोडिएको हुन्छ । यसको संरक्षण सबैको जिम्मेवारी हो,’ उनीहरुले भने ।
नेवा खल कास्कीका उपाध्यक्ष प्रकाश लाल श्रेष्ठले नेवा खलले यमरी बनाउने तालिमदेखि नेवारी भाषाका कक्षा सञ्चालन गरेको जानकारी दिए ।संस्कृति संरक्षण गर्न युवाहरुको सक्रियता आवश्यक रहेको उनले उल्लेख गर्दै संस्कृतिलाई दैनिक जीवनमा प्रयोगमा ल्याउन सकेमा संरक्षण हुने बताए ।









समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
सामुदायिक स्कुल विकासका प्रयास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया