पृथ्वीमानले पुर्याएको योगदान महत्वपूर्ण छः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताएका छन् । उनको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले गुरुङको निवासमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा उनले गुरुङ निष्ठावान् नेता भएको बताए ।
गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति गुरुङमा क्रान्तिकारीपन रहेको भन्दै सभापति देउवाले गुरुङले छोडेर गएका काम सबै मिलेर पूरा गर्नुपर्ने बताए । उनले भने, ‘उनी मेरो पुरानो साथी हो । उनले छोडेर गएका काम हामी सबै मिलेर गर्नुपर्छ ।’ जिल्लामा गुरुङले पुर्याएको योगदान महत्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो ।
सो अवसरमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राजनीतिक यात्रा सुरु गर्दै गर्दा विश्वेश्वरप्रसाद कोइरालाले गुरुङजस्ता युवा आफूहरुसँग भएको भन्दै तारिफ गरेको स्मरण गरे । अबको निर्वाचनमा गठबन्धन नहुने भन्दै उनले सबै क्षेत्रमा कांग्रेसले जित हासिल गरेर गुरुङप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मृत्युपछि परिचय हुने गरेको भन्दै पृथ्वीमानको इतिहास लिपिबद्ध गराउन आग्रह गरे । कांग्रेस नेता मीन विश्वकर्माले गुरुङसँग कांग्रेसको निष्ठावान् चित्र र चरित्र रहेको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक वर्ष आफूले सँगै काम गरेको स्मरण गर्दै गुरुङले आफूलाई नेता–कार्यकर्ताको शिर झुकाउन नपर्नेगरी काम गर्न सुझाव दिने गरेको बताए ।
सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्वसभापति गुरुङको निधनपछि पार्टीले उनलाई योगदानको उच्च सम्मान व्यक्त गर्दै विभिन्न कार्यक्रम गरिरहेको बताए । गुरुङको यही साउन १० गते निधन भएको थियो ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया