पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन निर्माण

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर –२६ को आर्थिक सहयोग र स्थानीयको सहभागितामा खरानेफाँट स्थीत पैते फेदीमा बहुउदेश्यीय सामुदायिक भवन निर्माण गरिएको छ ।
तालिम, योगा सेन्टर र जेष्ठ नागरिक दिवा सेवा केन्द्र संञ्चालनमा सहयोग पुग्ने गरी १४ लाख २० हजार लागतमा भवन निर्माण गरिएको हो ।
खरानेफाँट टोल विकास संस्था, त्रिवेणी टोल विकास संस्था, नमुना कृषक आमा समुह र तालवाराही आमा समुहको २ लाख २० हजार र वडा कार्यालयको १२ लाख सहयोगमा भवन निर्माण गरि हो ।
पोखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाले स्रोत र साधनकाे कमिले सबै योजनालाई समावेस गर्न नसके पनि नमुना वडा बनाउने योजना रहेकाे बताए । यसका लागि जनताको साथ र सहयोग आवस्यक रहेको विचार राखे । उनले जनताको खुसी नै जनप्रतिनिधीको सन्तुष्टि भएकाले बाँकी रहेका योजनालाई पनि सम्पन्न गरि छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
भवन निर्माण समितिकी अध्यक्ष अमृता वरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंम्बर –२६का वडासदस्य तिर्थबहादुर राजभाट, भवन निर्माण समितिका सल्लाहकार हरिप्रसाद अधिकारी लगायतले जहाँ आवश्यकता त्यहाँ विकास भन्ने योजना र जनसहभागिता रहेमा वडाकाे विकास हुने बताए ।
भवन निर्माण समितिका सचिव छविलाल लामिछानेले संञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शान्ति पौडेल र भवन निर्माणको आय ब्यय र आवश्यकताका बारेमा नमुना कृषक आमा समुहकी अध्यक्ष विष्णु ढकालले बताइन् ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया